सोमबार, असार ९, २०८२

यस्तो छ राष्ट्रपतिमा विजयी रामचन्द्र पौडेलको विगत

पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा नेकपा एमालेबाट उनीसँग प्रतिस्पर्धा गरेका सुवास नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- नेपालको राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका छन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा नेकपा एमालेबाट उनीसँग प्रतिस्पर्धा गरेका सुवास नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।

विजयी पौडेलको वैयक्तिक विवरण 
जन्म : २००१ असोज २९ गते, शनिबार 
आमा : ऋषिमाया पौडेल
पिता : दुर्गाप्रसाद  पौडेल
श्रीमती : सविता पौडेल
छोराछोरी : चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन पौडेल)
जन्मस्थानः तनहुँ जिल्ला साविक मिर्लुङ, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८ 
पारिवारिक स्थिति : मध्यमवर्गीय किसान परिवार
स्थायी बसोबास : व्यास नपा–८, बेलथुम्की, तनहुँ 
हालको ठेगाना : कामनपा – १६ बोहोराटार, बालाजु 
शिक्षा : 
शास्त्री (संस्कृत साहित्य, २०२४)
स्नातकोत्तर (नेपाली साहित्य २०२७)
राजनीतिक संलग्नता
–हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६। पोखरा  विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ/असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि।
–२०१७ पुस १ गते जननिर्वाचित संसद भंग गरी प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी। 
-नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण। 
-नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष। 
-रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष। 
-जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व।  
-२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९/०२० सालमा उपत्यका आन्दोलनमा गिरफतार। २०२०/०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफतार। 
-गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३ 
-सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३
-प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४
-नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ (संघको स्थापनामा मुख्य भूमिका निर्वाह)
-नेपाली कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)
-जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली कांग्रेस तनहुँ समितिको संयोजक २०३७
-नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०
-नेपाली कांग्रेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३
-नेपाली कांग्रेस केन्द्रीय महामन्त्री, (२०६२ – २०६४)
-नेपाली कांग्रेस केन्द्रीय उपसभापति, (२०६४ – २०७२)
-नेपाली कांग्रेस संसदीय दलको नेता, (२०६४ –२०७०)
-नेपाली कांग्रेस केन्द्रीय कार्यवाहक सभापति, २०७२
-(नेपाली कांग्रेस केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापति (२०७२) भई केन्द्रीय नेतृत्वमा सक्रिय। कार्यवाहक सभापति भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह।)
-नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर। 

जेल जीवन
-भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा  विसं. २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय। 
-विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१
-डिआईजी काण्डमा  गिरफ्तार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग भेट, २०२३
-प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौमा ६ महिना)
-प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२५/२०२६
-नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौंमा ३ महिना हिरासत, २०२७
-रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी। 
-नेपाली कांग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत। यसै सम्मलेलनद्वारा नेपाली कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो।

-जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत। 
-पञ्चायती व्यवस्था अन्तर्गत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली कांग्रेसको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ। ६ महिना हिरासत। 
-पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली कांग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार। ९ महिना हिरासत, २०४२ 
-२०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लंघन गरेको अभियोगमा ३ महिना हिरासत, २०४५
-बहुदलीय व्यवस्थाको पुनर्स्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन  विस्तार र आन्दोलनको तयारीको सिलसिलामा  गिरफ्तार गरी बागलुङ जेलमा ५ महिना हिरासत, २०४६
-शाही कदम (२०५९) पछि करिव एक वर्ष नजरबन्द र हिरासत, २०५९
-दोस्रो जनआन्दोलन २०६२/२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको
-यी लयागत छोटा समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको। 

योगदान र उपलब्धि 
-तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८
-तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१
-तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६
-तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०६४
-तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०७०
-तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९
-पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त २०४८ जेठ १५ देखि २०५१
-कृषि मन्त्री नियुक्त २०४९ साउन देखि २०५१
-प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते।
-उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६
-उपप्रधान तथा गृहमन्त्री २०५६/२०५८
-शान्ति समितिको संयोजक (२०६१/२०६२)
-शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३/२०६४
-नेपाली कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता  २०६४/२०७०

पुरस्कार/सम्मान 
मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार
महेन्द्र विक्रम शाह पुरस्कार (महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्) 
जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ को सम्मान (२०२० सन्)

प्रकाशित पुस्तकहरू
-नेपाली कांग्रेसको संक्षिप्त इतिहास 
-प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७
-नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण
-नेपाली कांग्रेस के भन्छ ?
-आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५
-नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५ 
-कृषि क्रान्ति र समाजवाद
-राजनीतिको राजमार्ग, २०७९
-नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
-नयाँ सन्दर्भमा समाजवाद
-अभिशप्त इतिहास  (माघ १९ को काण्डपछि) 
लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्तिाहिक, मासिक, तथा अनलाइनहरूमा समसाययिक लेखरचना प्रकाशित  
-जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन। 

भ्रमणः 
नेपालका सबै जिल्ला, भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, श्रील‌कालगायत 

स्मरणीय क्षण 
-२०२५ सालमा बीपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल गई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिएको। त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट। त्यस बखतमा बीपीले पौडेलसँगै जेलमा रहेका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेको।  

विशेष पहिचान
-समाजवादी चिन्तक र प्रयोगकर्ता। स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता। 
-नेपाली कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रुपमा परिचित। तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह।
-द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह। विस्तृत शान्ति सम्झौताका मस्यौदाकार। सहमति र सहकार्यका पक्षपाती। 
-राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्ष भन्दा बढी जेल जीवन। 

अन्य
-‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार।

प्रकाशित: Mar 09, 2023| 17:25 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...