सोमबार, असार ९, २०८२

संघीय र प्रदेश गरी ५० सांसदको मत खसेन

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएको छ। आज बिहान १० देखि अपराह्न ३ बजेसम्म भएको मतदानमा ८३१ जना सांसदले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

मतदानमा ३१३ संघीय सांसद र ५१८ जना प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा ८३१ मत खसेको हो। ५० जना सांसद मतदानमा अनुपस्थित भएका हुन्।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १९ मत खसेन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेरै मतदान नगर्दा १५ मत कम खस्यो भने राप्रपाकी सहनाज रहमानको हालै निधन भएको छ।

यस्तै, नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सांसद वर्षमान पुन कलेजोको रोगका कारण चीनमा उपचाररत छन्।

हत्या अभियोगमा प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी पनि अनुपस्थित भए । उनीहरू सबैको गरी १९ मत नखस्दा राष्ट्रपति निर्वाचनमा १ हजार ५०१ मतभार घटेको छ।

प्रदेशसभा सदस्यतर्फ ३२ मत कम खस्दा १ हजार ५३६ मतभार घटेको छ। प्रतिनिधिसभा र प्रदेशसभा गरी ३ हजार ३७ मतभार कम खसेको छ।

राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। मतगणना केहीबेरमै सुरु हुने बताइएको छ। साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

प्रकाशित: Mar 09, 2023| 15:40 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...