सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचन: मतदान सकियो, गणना तत्कालै सुरु गरिने

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- नयाँ राष्ट्रपति चुन्नका लागि मतदान सकिएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो।

मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ। निर्वाचन आयोगका अनुसार कुनै मतपत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्। 

गणनामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि हुनेछन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ।

मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले जनाएको छ।

प्रकाशित: Mar 09, 2023| 15:05 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...