सोमबार, असार ९, २०८२

कांग्रेस–एमाले सहकार्य गगनले गरे खारेज

एमालेले १० पुसमा कांग्रेसलाई धोका दिएकाले फेरि नयाँ संसद्को कार्यकालमा सहकार्य नहुने नेता थापाको दाबी।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं– राष्ट्रपति निर्वाचनपछि कांग्रेस–एमालेबीच सहकार्य भई सरकार बन्न सक्ने एमाले अध्यक्ष केपी ओलीको ‘सम्भावना’लाई महामन्त्री गगन थापाले खारेज गरिदिएका छन्। उनले एमालेसँग २०८४ को निर्वाचनअघि सत्ता सहकार्य नहुने प्रस्ट पारे।

बिहीबार संघीय संसद् भवन परिसरमा राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि पत्रकारसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले २०८४ को निर्वाचनपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला कांग्रेसले सत्तापक्षका रूपमा ऊसँग सहकार्य प्रस्ताव राख्ने भविष्यवाणी गरे। एमालेले १० पुसमा कांग्रेसलाई धोका दिएकाले फेरि नयाँ संसद्को कार्यकालमा सहकार्य नहुने उनको भनाइ छ।

प्रकाशित: Mar 09, 2023| 14:36 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...