सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्ने ओली संकेत

एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भनेर भविष्यवाणी गर्न नसकिने बताएका हुन्।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं– ४ मंसिरको निर्वाचनपछि गठबन्धन निर्माण गरेर एकअर्कालाई सत्ताबाहिरै राखेका कांग्रेस र एमालेबीच राष्ट्रपति निर्वाचनपछि सरकार गठनको सहमति हुन सक्ने संकेत अध्यक्ष केपीले ओलीले गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भनेर भविष्यवाणी गर्न नसकिने बताएका हुन्।

बिहीबार राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद् परिसरमा मत दिन आएका अध्यक्ष ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा  राजनीतिमा जे पनि सम्भव हुने र असम्भव भन्ने केही नहुने हुँदा कांग्रेस–एमालेबीच सहमति पनि हुन सक्ने धारणा राखे। उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ। केही पनि असम्भव छैन भनिन्छ। कांग्रेस–एमाले एकै ठाउँ नआउने भनेर कसम खाएको छैन।’

नयाँ चुनिने राष्ट्रपति सार्वभौमसत्ता, भौगोलिक अखण्ड, राष्ट्र हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिएर देशको अभिभावकत्व वहन गर्न सक्ने हुनुपर्ने उनले बताए। 

अध्यक्ष ओलीले संकीर्ण स्वार्थ बोकेकाले सानो स्वार्थ पूरा गर्न यसअघिका राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारको विरोध गरेको दाबी गरे।

प्रकाशित: Mar 09, 2023| 14:23 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...