काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन्।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।