काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा रहेको मतदान केन्द्रमा उनले केही बेरअघि मतदान गरेका हुन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। तेस्रो राष्ट्रपतिका लागि कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्बाङ प्रतिस्पर्धामा छन्।