काठमाडौं- राष्ट्रपति निर्वाचनमा अहिलेसम्म ६०२ मत खसेको छ। ८ सय ८२ मतदारा रहेकोमा १२:३५ मिनेटसम्म ६०३ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार संघतर्फ महिला ९२ र पुरुष १७५ गरी २६७ जनाले मतदान गरेका छन्। यस्तै प्रदेशतर्फ महिला १५९ र पुरुष १७८ गरी ३३६ मतदान गरेका छन्।
कुल ८८२ मतदाता रहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले निर्वाचन भाग नलिने जनाइसकेका छन्। यस्तै कांग्रेस सांसद टेकबहादुर गुरुङ निल्म्बनमा परेका छन् भने चितवन दुईमा सांसद पद रिक्त छ। कांग्रेस सांसद चन्द्र भण्डारी र माओवादी सांसद वर्षमान पुन उपचारका क्रममा विदेश छन्। यस्तै जसपाका एक जना सांसदको निधन भएको छ।
यसलाई हेर्दा ८७९ मतदाता मतदानमा सहभागी हुन सक्ने भए पनि राप्रपा र नेमकिपा मतदानमा सहभागी नहुने भएको हो।