सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचनले बानेश्वर क्षेत्रमा अचाक्ली जाम

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

मुलुकको तेस्रो राष्ट्रपतिका लागि अहिले मतदान भइरहेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजे सकिनेछ।

राष्ट्रपति निर्वाचनका लागि मतदाता हुन् संघीय र प्रदेश सांसद। संघीय संसद्का दुवै सदन र सातै प्रदेशका सांसदले अहिले मतदान गरिरहेका छन्। मतदानका लागि सबै प्रदेशबाट हिजै सांसदहरु काठमाडौं आइपुगेका थिए। राष्ट्रपति निर्वाचनका लागि करिब ९ सय मतदाता छन्।

यसैबीच मतदानका कारण नयाँ बानेश्वर क्षेत्रमा सवारी व्यवस्थापन अस्तव्यस्त बनेको छ। मतदाताका सवारीसाधन र भीआईपी सवारीका कारण बानेश्वर क्षेत्रमा छिचोलि नसक्नु जाम छ।

३ बजेसम्म मतदान हुने र लगत्तै मतगणना पनि हुने भएकाले साँझसम्म नै यातायात प्रभावित हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Mar 09, 2023| 11:42 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...