सोमबार, असार ९, २०८२

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

भक्तपुर- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ। बिहीबार बिहान १० बजेदेखि भइरहेको राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदान नहुने भएको हो। 

पार्टी केन्द्रीय कार्यालय भक्तपुरमा बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताले मतदान नगर्ने सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदवारले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीलले जनाएको छ। पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन्।

334029916_583207200532003_8960920467859758897_n1678339028.jpg

प्रकाशित: Mar 09, 2023| 11:01 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...