सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आफूलाई भोट हालेपछि रामचन्द्रले भने- राजा र राष्ट्रपतिबीचको फरक देखाउँछु

आफूलाई भोट हालेपछि रामचन्द्रले भने- राजा र राष्ट्रपतिबीचको फरक देखाउँछु

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन्।

संसद् भवनमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको सुदृढीकरणका लागि संरक्षकको भूमिका खेल्ने बताएका हुन्।

पौडेलले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु। केही दिनमै निर्वाचित भएमा तपाईं (पत्रकार)हरुलाई पनि बोलाउने छु।’ पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै काम नगर्ने बताए।

आज राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनमा कांग्रेसका पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजे सकिनेछ। पहिलो मतदान उम्मेदवार पौडेलले नै गरेका थिए। अर्का उम्मेदवार नेम्वाङले पनि मतदान गरिसकेका छन्।

प्रकाशित: Mar 09, 2023| 10:50 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...