सोमबार, असार ९, २०८२

राष्ट्रपति चयनका लागि मतदान सुरु, पहिलो मत खसाले उम्मेदवार पौडेलले

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ।

आज बिहान १० बजे सुरु भएको मतदानमा राष्ट्रपति पदका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्। पौडेल आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन्।

मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसालिरहेका छन्। राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ।

नयाँ राष्ट्रपतिका लागि पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। आजै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित: Mar 09, 2023| 10:19 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...