काठमाडौं- मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा ८८१ जना मतदाता रहेका छन्।
आज हुने निर्वाचनमा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र ७ वटै प्रदेशका सांसद मतदाताको रुपमा रहने निर्वाचन आयोगले जनाएको छ। जसअनुसार संघीय संसदका सांसद ३३१ र प्रदेश सभाका सांसद ५५० जना गरी जम्मा ८८१ मतदाताले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने छन्।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।