काठमाडौं- आज हुने राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतपत्रको व्यवस्था गरिएको छ।
संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन गराइने निर्वाचन आयोगले जनाएको छ।
रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने आयोगले जनाएको छ। हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका सहसचिव तथा प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए।
मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।