सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचन मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध

आज हुने राष्ट्रपति निर्वाचनमा मतदातालाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइको छ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- आज हुने राष्ट्रपति निर्वाचनमा मतदातालाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइको छ।

मतदाताले मतदानस्थलमा मोबाइल लगे जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाही गर्ने जनाएको छ।

‘मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्बिर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाइएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाइने छैन।'

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Mar 09, 2023| 08:00 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...