सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचन अघि नेकपा एसका सांसदले छलफल गर्ने

राष्ट्रपतिको मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्। 
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- राष्ट्रपतिको मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्। 

अध्यक्ष माधवकुमार नेपालले प्रदेश र संघीय सांसदहरूलाई १० बजे पार्टी कार्यालयमा उपस्थित हुन भनेका छन्। त्यसपछि सबैजना मतदानका लागि प्रस्थान गर्ने नेकपा एसले जनाएको छ।

बिहीबार राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान हुँदैछ। 

प्रकाशित: Mar 09, 2023| 07:35 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...