सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचन परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ ।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा भइसक्ने छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुने उनले बताए। ‘मतदानस्थलमा नै मत गणना गर्नेछौं र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने।

संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुष्ठ रुपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Mar 09, 2023| 07:05 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...