सोमबार, असार ९, २०८२

राष्ट्रपतिको निर्वाचन बिहान १० बजेदेखि

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।

संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजेभित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजेभित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजेपछि उपस्थित मतदाता भने मतदानवाट बञ्चित हुनेछन्।' 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Mar 09, 2023| 06:30 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...