सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनयुद्धका सहयात्री विप्लव र प्रकाण्डसँग प्रधानमन्त्री प्रचण्डको छलफल

जनयुद्धका सहयात्री विप्लव र प्रकाण्डसँग प्रधानमन्त्री प्रचण्डको छलफल

विगत सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार राजनीतिक आस्थाका बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने विप्लवको मागमा प्रचण्डले जनाए सहमति।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं– सर्वोच्च अदालतले जनयुद्धका बेला नागरिक हत्यामा संलग्नमाथि मुद्दा चलाउन सकिने राय दिएसँगै अप्ठेरोमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युद्धकालीन सहयात्रीसँग हिमचिम बढाउँदै लगेका छन्।

सर्वोच्चमा मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्दोष नागरिक हत्या आरोपमा कारबाही माग्दै मुद्दा दायर भएको छ। प्रचण्डमाथि सर्वोच्चमा मुद्दा दायर भएसँगै पूर्वमाओवादी नेताहरुले उनलाई सान्त्वना दिइरहेका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा माओवादी नेताद्वय नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्डसँग भेटवार्ता गरेका छन्।

भेटमा पछिल्लो समय विकसित देशको राजनीतिक घटनाक्रम, प्रचण्डमाथि सर्वोच्चमा परेको मुद्दा, चोइटिएका माओवादी पार्टीबीच एकीकरणको पहललगायत विषयमा छलफल र समीक्षा भएको विप्लवको सचिवालयले बताएको छ।

सचिवालयका अनुसार विप्लवले विगतको सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्ना कार्यकर्ताको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने माग प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमतिअनुसार जेलमा रहेका नेकपाका कार्यकतालाई छुटाउने प्रतिबद्धता जनाएको विप्लवको सचिवालयले बताएको छ।

प्रकाशित: Mar 08, 2023| 14:34 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...