मंगलबार, असार १०, २०८२

सांसदहरूलाई काठमाडौं आइपुग्न गठबन्धन दलको निर्देशन

सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ। 
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ। 

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ। बैठकमा बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापनका साथै गठबन्धनलाई थप विस्तार गर्ने विषयमा समेत छलफल प्रारम्भ भएको नेताहरूले बताएका छन्। 

बैठकपछि प्रतिक्रिया दिने क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्ने बताए। 

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ। राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागू गरेको छ।

प्रकाशित: Mar 08, 2023| 08:00 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...