मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रापप्रा केन्द्रीय कार्यसम्पाद समिति बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने

रापप्रा केन्द्रीय कार्यसम्पाद समिति बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निणर्य गर्नका लागि बैठक बोलाइको हो। बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ।

‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने। उनका अनुसार बैठक समसमायिक राजनीतिक विषयमा छलफल भएर निष्कर्षमा पुग्नेछ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ।

आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निक्र्यौल गर्नेछ।

प्रकाशित: Mar 08, 2023| 07:40 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...