काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमाले सांसद भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।
मंगलबार साँझ ट्विट गर्दै उनले भने, 'संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्दछ वास्तविक पीडितहरुले न्याय पाउनुपर्छ परिपुरणको व्यवस्था र पुन:स्थापना हुनुपर्छ न्याय मर्नुहुँदैन अपराधीलाई उन्मुक्ति हुँदैन दुवै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो?'
संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने कामबन्द गर्नुपर्दछ वास्तबिक पिडितहरुले न्याय पाउनुपर्छ परिपुरणको ब्यबस्थ र पुन:स्थापना हुनुपर्छ न्याय मर्नुहुँदैन अपराधीलाई उन्मुक्ति हुँदैन दुबै आयोगलाई निकम्मा बनाउने अदालतलाई कामगर्न नदिने नियत के हो ?
— Yogesh Bhattarai (@yogesbhattarai) March 7, 2023