काठमाडौं- तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले माघ १३ गते लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज गरेको थियो।
चितवन-२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ। फैसलाको पूर्णपाठ आएसँगै लामिछानेलाई पुन: उम्मेदवारी दिने बाटो खुलेको छ।