मंगलबार, असार १०, २०८२

सत्तारुढ दलका सांसदलाई बोलाइयो काठमाडौं

आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो। 
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं– सत्तारुढ आठ दलको बैठकले आ–आफ्ना सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो।

बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। 

बैठकमा राष्ट्रपति निर्वाचनमा शतप्रतिशत मत खस्ने ग्यारेन्टी गठबन्धनले लिने निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ।

प्रकाशित: Mar 07, 2023| 15:50 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...