काठमाडौं– आठ दलमा आबद्ध सत्ता गठबन्धनका नेताहरु मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सिंहदरबारमा भेला भएका छन्।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेदेखि आठ दलका नेताहरुको बैठक बसिरहेको हो।
बैठकमा २५ फागुनको राष्ट्रपति निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहालमाथि सर्वोच्च अदालतमा दायर मुद्दा र समसामयिक विषयमा छलफल भइरहेको सहभागी कांग्रेस महामन्त्री गगन थापाले बताए।
‘राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बसेको हो। खानेपानीमन्त्रीसमेत रहेका अब्दुल खानले भने, ‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं। त्यसबाहेक प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिट र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ।’
आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन्।