मंगलबार, असार १०, २०८२

सर्वोच्चमा दर्ता भयो प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

१० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। रिट दर्ता भएपछि सर्वोच्च अदालतले पेसीसमेत तोकिदिएको छ।

पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ। अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए। सुरुमा दरपीठ भएको यो मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो। 

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो।

त्यही आदेशअनुसार सर्वोच्चमा रिट दर्ता भएको हो। अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो। 
 

प्रकाशित: Mar 07, 2023| 12:32 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...