मंगलबार, असार १०, २०८२

बालुवाटारमा माओवादी घटकहरूको बैठक जारी

माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, विश्वभक्त दुलाल ‘आहुति’, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  छन्।

सङ्क्रमणकालीन न्यायको सवालमा परिस्थिति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरूको बैठक बसेको हो। ठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सर्वोच्च अदातलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धका उजुरी हाल्न निर्देशन दिएपछि पूर्वमाओवादी घटक एक ठाउँमा जुट्न खोज्नुलाई महत्वका साथ हेरिएको छ। 

प्रकाशित: Mar 07, 2023| 09:35 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...