बुधबार, वैशाख १७, २०८२

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपालले २३० रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा मा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।

युएईविरुद्धको खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले पहिलो एकदिवसीय अर्धसतक पूरा गरे।
शनिबार भइरहेका खेलमा ७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हाले।

६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन हानेका थिए। तर ३२औं ओभरको दोस्रो बलमा लामिछानेले व्यक्तिगत २७ रनमा क्याचआउट हुँदै ४० बल खेलेर १ चौका हिर्काए।

नेपालका लागि ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए। युएईका लागि जुनाइद सिद्धिकी र आयन लाक्राले २–२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १–१ विकेट लिए।

प्रकाशित: Mar 06, 2023| 15:54 सोमबार, फागुन २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।