बुधबार, वैशाख १७, २०८२

हामी के गर्न सक्छौं भन्ने कुराको उदाहरण हो : क्लोप

इंग्लिस प्रिमियर लिगमा सातौं स्थानको लिभरपुलले तेस्रो स्थानको युनाइटेडलाई आइतबार राति ७–० ले हराएपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टिमे पुरा क्षमताका साथ खेलेको बताएका छन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा सातौं स्थानको लिभरपुलले तेस्रो स्थानको युनाइटेडलाई आइतबार राति ७–० ले हराएपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टिमे पुरा क्षमताका साथ खेलेको बताएका छन्। गएराति लिभरपुलेको एनफिल्ड रंगशालामा घरेलु ठिमे युनाइटेलाई ठूलो गोलअन्तरले हराएको थियो।

खेलभरी निरिह रहेको युनाइटेडले एक गोलसमेत फर्काउन सकेन। त्यसैले शताब्दिमै बेहोरेको कमै ठूलो हार म्यानचेस्टर युनाइटेडले गएराति बेहोरेको थियो। त्यो खेलमा जित निकाल्न टिमका प्रशिक्षक क्लोपले आफ्नो क्लब यो हप्ता धेरै महत्वकांक्षी बनेको बताएका छन्।

उनले भने, ‘हामीले चाहेजसरी नै क्लबलाई अघि बढाउनको लागि उर्जा मिलेको छ। यो जितले हामीलाई सही दिशा पनि प्रदान गरेको छ। र, सबैलाई थाहा छ हामी शीर्ष चारको वरिपरिरहेका छौं।’

उनले अगाडि भने, ‘यो एउटा प्रपर सो हो कि हामीले के गर्न सक्छौं र अब अघि के गर्नुपर्छ।’ गएराति लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, डार्विन नुनेज र कोडी गोक्पोले समान २–२ गोल गरेका थिए। त्यस्तै, रोबर्टो फर्मिनोले पनि एक गोल गरेका थिए। यो जितसँगै लिभरपुलले २५ खेलबाट ४२ अंक बनाएको छ।

प्रकाशित: Mar 06, 2023| 12:22 सोमबार, फागुन २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।