मंगलबार, असार १०, २०८२

जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम होइन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन्।

‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफैँ प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं।’

गत शुक्रबार सर्वोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क विर्तक भइरहेको बेला माओवादी नेताहरूले हिजो त्यसको प्रतिबाद गरेका थिए। सत्तारुढ ९ दलले जनयुद्धकालिन अर्थात संक्रमणकालिन मुद्दा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन्।

प्रकाशित: Mar 06, 2023| 10:01 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...