मंगलबार, असार १०, २०८२

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन्।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सबै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन्।

यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१आँै यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गरेका हुन्। 

‘सहिदको बलिदानलाई सम्झना गर्दै सङ्कटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरु, सामाजिक न्यायका पक्षधर शक्तिहरु धुव्रीकृत हुन जरुरी छ,’ उनले भने, ‘विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलिायो बनाउने प्रयास गर्‍यौ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहान्छौं।’

महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन  सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले गलत मान्यताविरुद्धसबै एकजुट हुन आवश्यक रहेको बताए। 

नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न जसके नेपालको समृद्धि असुरक्षित हुने उनले दाबी गरे। 

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भएमात्रै यदु गौतमको सपना साकार पार्न सकिने उनको भनाइ थियो। 
 

प्रकाशित: Mar 05, 2023| 15:46 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...