काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन्।
आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन्।
'सबै नेताहरुको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो। सरकारका केही महत्वपूर्ण काम गर्नु छ' दाहालले भने, 'त्यसको लगत्तै राष्ट्रपतिकहाँ पुगेर केही कुरा अघि बढाउनु छ। कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव भएन।’ कार्यक्रममा माओवादी आन्दोलनका सबै धारका नेताहरु उपस्थित छन्।