काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री नेपाली कांग्रेसका नेता कमल शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको छ। मुख्यमन्त्री शाहले आजको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दैछन्। प्रदेशसभा बैठकअघि बसेको पार्टी बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो।
यसअघि सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एमालेबाट राजेन्द्रसिंह रावल थिए। रावलले पुस २६ गते विश्वको मत मागेका थिए। तर निर्णायक रहेको उन्मुक्तिले रावललाई विश्वासको मत नदिने निर्णय आफ्ना सातै सांसदलाई काठमाडौं ल्याएर राखेको थियो। उन्मुक्तिले विश्वासको मत नदिएपछि रावलले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो।
विश्वासको मत नपाएपछि रावलले पद गुमाएका थिए भने त्यही दिन शाहले मुख्यमन्त्रीमा माग पेश गरेका थिए। उन्मुक्तिले साथ दिएपछि अब शाहले विश्वासको मत पाउने पक्का भएको छ।