काठमाडौं- आज आठ दलीय गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशमाथि ८ दलीय गठबन्धनभित्र छलफल हुने बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाएका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा आजको बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुनेछ।
गत कात्तिकमा रामेछापका ज्ञानेन्द्र आरणसहितले 'सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको जिम्मा लिन्छु' भन्ने प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर उनलाई हत्या अभियोगमा पक्राउ गरी मुद्दा चलाउन माग गर्दै रिट निवेदन दिएका थिए।
उनको उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेर गरेको थियो। तर अरुण दरपिठ आदेशविरुद्ध पुनः अर्को रिट लिएर सर्वोच्च गएका थिए।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रबार प्रचण्डविरुद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।