मंगलबार, वैशाख १६, २०८२

'नम्बर वान' बलिउड फिल्म बन्यो पठान

फिल्म २५ जनवरीमा रिलिज भएको हो। चार वर्षपछि यही फिल्मबाट शाहरुख बलिउडमा फर्केका हुन्। 
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

शाहरुख खान र दीपिका पादुकोण स्टारर पठानले बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ। कमाइको मामलामा पठानले अर्को एउटा रेकर्ड बनाएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार पठान अहिलेसम्मकै सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बनेको छ। पठाने १ हजार २८ करोड अर्थात् १ अर्ब २८ करोड भारुभन्दा बढी कमाइसकेको छ।

यशराज फिल्मसका अनुसार पठानले भारतमा ६४१ करोड र विदेशमा ३८६ करोड कमाएको छ। फिल्मका निर्देशक सिद्धार्थ आनन्दले भनेका छन्, 'पठान भारतको नम्बर वान फिल्म बनेको छ। पठानले पाएको प्यार ऐतिहासिक छ। बक्स अफिसको नतिजाले पनि यसको पुष्टि गरेको छ।' 

पठान सबैभन्दा तीव्र गतिमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। फिल्म २५ जनवरीमा रिलिज भएको हो। चार वर्षपछि यही फिल्मबाट शाहरुख बलिउडमा फर्केका हुन्। 

प्रकाशित: Mar 05, 2023| 12:37 आइतबार, फागुन २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्