बुधबार, वैशाख १७, २०८२

ओपनर कुशल भुर्तेलले युएईविरुद्धको खेल गुमाउने

 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेल गुमाउने भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान) सूचना जारी गर्दै उनले सोमबार हुने यूएईविरुद्धको खेल गुमाउने जानकारी दिएको हो। 

क्यानका अनुसार कुशलले ग्रोईन ईन्जोरीका कारण आराम गर्नुपर्ने भएको छ। त्यसैले उनको ठाउँमा सन्दीप जोरालाई राखिएको क्यानले जानकारी दिएको छ। यसअघि अन्तिम १४ मा नभएका जोरालाई उनको स्थानमा राखिएको छ। 

युएईएको एक खेलमा उनले अर्धसतक प्रहार गरेका थिए। तर पछिल्ला पाँच खेलमा एक खेलबाहेक उनले विर्सनलायक प्रदर्शन गरेका छन्। उनले खेलमा  उनले नामिबिया र स्कटल्यान्डविरुद्ध समान एकएक रन मात्र बनाएका थिए। त्यस्तै पछिल्लो खेलमा उनले गोल्डेन डगआउट भएका छन्। भने युर्एईविरुद्ध पनि पाँच रनमै आउट भएका थिए।

तर त्यसअघि उनले नामिबियाविरुद्ध सतक प्रहा गरेका थिए। उनको शतक रनको सहयोगमा सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेर कीर्तिमान बनाएको थियो। कुशल टिममा नरहेपछि तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका ज्ञानेन्द्रले ओपनिङमा अवसर पाउन सक्नेछन्। कुशल राष्ट्रिय टिममा प्रवेश गर्नुअघि ज्ञानेन्द्र ओपनर थिए।
 

प्रकाशित: Mar 05, 2023| 11:33 आइतबार, फागुन २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।