बुधबार, असार ११, २०८२

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बुधबार मात्रै प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएकामा सरकारको सिफारिसमा चालू अधिवेशन अन्त्य भएको सूचना टाँसिएको हो। 
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

कास्की– गण्डकी प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेशसभाले बिजनेस नपाएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको सिफारिसमा अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

बुधबार मात्रै प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरे पनि सरकारको सिफारिसमा चालू अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालबाट जारी सूचनामा उल्लेख छ।

गण्डकीको प्रदेशसभाबाट चालू अधिवेशनमा चार विधेयक र दुई अध्यादेश पारित भएका छन्। यस अधिवेशनमा १६ वटा बैठक बसेका छन्। प्रदेशसभाले विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

त्यस्तै, गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पारित भएका छन्।

प्रकाशित: Mar 04, 2023| 16:00 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्