काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधानको रक्षा गर्न रामचन्द्र पौडेल सक्षम भएका बताएका छन् ।
कांग्रेसका नेता पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन कोशी प्रदेश सभा सदस्यका लागि आज विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै उनले लोकतन्त्र संविधानको रक्षा गर्न पनि पौडेल योग्य रहेको बताएका हुन्।
शान्ति सम्झौताका कामहरू अझ बाँकी रहेकाले माओवादी र कांग्रेस गम्भीर हुनुपर्ने समेत उनले बताए। अभिमुखीकरण कार्यकममा कांगेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमा आवद्व प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो।