बुधबार, वैशाख १७, २०८२

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।

टस हारेर पहिले बलिङ गरेको नेपापलले १८० रनको लक्ष्य पाएको थियो। दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सम्पन्न खेलमा नेपालले सात विकेट गुमाएर १२ बल मात्र बाँकी रहँदा जित निकालेको हो।

खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको थियो।

ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यी ब्याटर लगातार आउट भएपछि नेपाल ७४ रनमा छ विकेट गुमाएको कमजोर अवस्थामा थियो।

खेलमा आशिफले ८६ रन बनाए भने सन्दीपले ३५ र कुशल मल्लले २३ रन बनाएका थिए। आज सन्दीप  आसिफले आठौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।

Metro Mart
worldlink

नेपालविरुद्धको  खेलमा आस्साद भालाले तीन विकेट लिए भने सेसे बाउ र सेमो कमियाले समान २/२ विकेट लिएका थिए।

पहिलो पारीमा, बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १/१ विकेट लिएका थिए।

यता पपुवा न्युगिनीका टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए।

यो खेलमा जित निकालेपछि नेपालले ३० खेलमा ३० अंक बनाएको छ। ३१ अंक बनाएको युएई पाँचौ स्थानमा छ।

प्रकाशित: Mar 03, 2023| 19:04 शुक्रबार, फागुन १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।