बुधबार, असार ११, २०८२

सञ्चार माध्यमको प्राथमिकतामा ठूला नेता मात्रै : सभामुख घिमिरे

सञ्चार माध्यमलाई नेता केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्न सभामुख घिमिरेको आग्रह।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– संघीय सभामुख देवराज घिमिरेले सञ्चार माध्यमले ठूला नेता र चर्चामा आएका विषयवस्तुबाहेक अन्यत्रतिर ध्यान दिन नसकेको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख घिमिरेले यस्तो बताएका हुन्।

संसद् र अन्य संघ–संस्थामा महिला सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमले त्यसअनुसार स्थान नदिएको उनको भनाइ छ।

‘खास–खास नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ। नभए करिब शून्य–शून्य हुन्छ,’ उनले भने, ‘अहिले मिडियाले कन्टेनमा के छ, त्यसलाई नहेरेर चर्चामा रहेका विषय र नेताको प्रचारमा मात्रै जाने गरेको देखियो।’
सभामुख घिमिरेले सञ्चार माध्यमले नेता र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने धारणा राखे ।

महिला सहभागिता र सक्रियताअनुसारको प्रचार हुन नसकेको उनले औंल्याए। संसद् बैठकमा धेरै महिला सांसदले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चार माध्यमले प्रचार गर्न कन्जुस्याइँ गरेको उनको भनाइ छ।

‘म सभामुख भएर आएपछिका केही बैठक चाहे शून्य समय होस् वा विशेष समय होस्, महिला सहभागिता राम्रो छ। तर त्यो खालको प्रचार–प्रसार छैनन्,’ उनले भने।

प्रकाशित: Mar 03, 2023| 13:58 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...