बुधबार, वैशाख १७, २०८२

आइसिसी विश्वकप लिग २ मा नेपाल पराजित, तोडियो जितको शृंखला

दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिलो पारीमा युएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाएको थियो।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- आइसिसी विश्वकप लिग २ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक शृंखलामा नेपालले आयोजक टिमसँग ६८ रनको हार बेहोरेको छ। लगातार पाँच खेलमा जित निकालेको नेपाली टिमले छैटौं खेलमा भने हार बेहोरेको हो।

दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिलो पारीमा युएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाएको थियो।

२०८ रनको लक्ष्य पाएको नेपालले ३१ ओभर पाँच बलमा अल आउट हुँदै १३९ रन बनाएपछि ६८ रनको हार बेहोरेको हो। प्लेयर अफ दि म्याचसमेत बनेका युएईका रोहन मुस्तफाले तीन विकेट लिए भने ७६ बलमा ५२ रन बनाएका थिए। उनले नेपालका आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीलाई सस्तैमा आउट गराएका थिए।

नेपालका लागि कुशल मल्लले ६० रन बनाए भने अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे। ज्ञानेन्द्र मल्ल रोहित पौडेल र आरिफ शेख भने शून्य रनमै आउट भएका थिए। खेलमा युएईका कार्तिक मेयाप्पनले तीन विकेट गिराएका थिए। यो जितसँगै युएईले ३० खेलबाट ३१ अंक बनाएको छ भने नेपालको २८ अंक रहेको छ।
 

प्रकाशित: Mar 02, 2023| 18:28 बिहीबार, फागुन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।