बिहीबार, असार १२, २०८२

राष्ट्रपतिमा मत माग्दै रेशमलाई भेट्न कारागार पुगे रामचन्द्र पौडेल

नेता पौडेलसँगको भेटमा रेशमले भोट चाहिने भए नागरिक उन्मुक्तिका सर्त मान्नुपर्ने माग अगाडि सारेका छन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– राष्ट्रपतिमा उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतका लागि आठ दलीय गठबन्धनमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्। बिहीबार रेशम भेट्न कारागार पुगेका पौडेलले राष्ट्रपति निर्वाचनमा मत दिन सहयोगको आग्रह गरेका हुन्। 

नेता पौडेलसँगको भेटमा रेशमले भोट चाहिने भए नागरिक उन्मुक्तिका सर्त मान्नुपर्ने माग अगाडि सारेका छन्। रेशमले नेता पौडेलसमक्ष सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुर घटनाका दोषीलाई बिनासर्त रिहा गर्नुपर्ने अडान राखेको बताइन्छ।

आफू कारागार मुक्त नभएसम्म नागरिक उन्मुक्ति सरकारमा सहभागी नहुने सन्देश नेता पौडेललाई दिए।

प्रकाशित: Mar 02, 2023| 17:24 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...