बिहीबार, असार १२, २०८२

मेयर बालेनसँग सांसद प्रदीप पौडेलको भेटघाट

काठमाडौं ५ बाट निर्वाचित सांसद पौडेलले उक्त क्षेत्रको विकासका लागि विभिन्न ७ विषयमा केन्द्रित रहेर मेयर बालेनसँग छलफल गरेका हुन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– कांग्रेस सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका मेयर बालेन साहलाई भेटेर विकास एजेन्डाका विविधि विषयमा कुराकानी गरेका छन्।

बिहीबार काठमाडौं ५ बाट निर्वाचित सांसद पौडेलले उक्त क्षेत्रको विकासका लागि विभिन्न ७ विषयमा केन्द्रित रहेर मेयर बालेनसँग छलफल गरेको उनको सचिवालयले जनाएको हो।

‘काठमाडौं महानगरका प्रमुख बालेन साहसँग अर्थपूर्ण भेटघाट भयो। भेटमा हामीले काठमाडौं महानगर र क्षेत्र ५ को विकासका लागि संघ एवं स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी गर्‍यौं,’ पौडेलले भने।

सांसद पौडेल र मेयर बालेनबीच कलंकीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माणमा समन्वय गर्ने विषयमा कुराकानी भएको थियो।

मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरमा लैजान छिटो सन्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने, हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने विषयमा पनि कुराकानी भएको सांसद पौडेलको सचिवालयले जनाएको छ।

धुम्बाराही क्षेत्रमा वर्षाको समय बाढी र पानी जमेर बर्सेनि हुने समस्या समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाटलगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने विषयमा पनि कुराकानी भएको छ।

‘छलफल अत्यन्तै सकारात्मक रह्यो। काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु,’ पौडेलले भनेका छन्।

प्रकाशित: Mar 02, 2023| 16:56 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...