बिहीबार, असार १२, २०८२

रास्वपासँग एमाले नेताहरूले मागे नेम्बाङलाई राष्ट्रपतिमा भोट 

राष्ट्रपति पदका उम्मेदवार नेम्बाङसहितका एमाले नेताहरू मत माग्दै रास्वपा कार्यायल बसुन्धरा पुगेका हुन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– २५ फागुनमा तय गरिएको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका पार्टी उपाध्यक्ष एवं सुवास नेम्बाङलाई भोट माग्न एमाले नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्यालय पुगेका छन्। बिहीबार राष्ट्रपति पदका उम्मेदवार नेम्बाङसहितका एमाले नेताहरू मत माग्दै रास्वपा कार्यायल बसुन्धरा पुगेका हुन्।

रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारी सम्मिलित छलफलमा एमाले नेताहरूले राष्ट्रपतिमा नेम्बाङलाई मत दिन आग्रह गरेका थिए। रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेता सहभागी थिए।

एमालेबाट उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरू सहभागी थिए। यसअघि एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायतलाई भेटेर नेम्बाङलाई मत दिन आग्रह गरेका थिए।

प्रकाशित: Mar 02, 2023| 16:40 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...