बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। इंग्लिस एफए कपको बुधबार राति सम्पन्न भएको खेलमा जित निकाल्दै यी दुई क्लब क्वार्टरफाइनलमा पुगेका हुन्।्

युनाइटेडको ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा युनाइटेडजे वेस्ट ह्यामविरुद्ध ३–१ को जित निकाल्दै अर्को चरणमा स्थान बनाएको हो। तर खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। खेलको ६४औं मिनेटमा वेस्ट ह्यामका सेड बेन्राहमाले गोल गरेका थिए।

यता, नायाफ अगुवेर्डले आत्मघाति गोल गरेका थिए भने अलेक्जेन्द्रो र फ्रेडले युनाइटेडका लागि खेलको ९०औं र इन्ज्युरी समयमा गोल फर्काएका थिए।

त्यस्तै शेफिल्डको मैदानमा भएको खेलमा भने टोटेनहमले हार बेहोरेको छ। शेफिल्डका घरेलु समर्थकमाझ भएको खेलमा टोटेनहमले १–० को हार बेहोरेको हो। यो हारसँगै टोटेनहम एफए कपबाट बाहिरिएको छ भने शेफिल्ड अन्तिम आठमा पुगेको छ।

प्रकाशित: Mar 02, 2023| 10:27 बिहीबार, फागुन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।