बुधबार, वैशाख १७, २०८२

नेपाल र युएईको भिडन्त आजः छैटौं जित निकाल्ला नेपालले?

जारी आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार रेकर्ड बनाइरहेको छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- जारी आईसीसी विश्वकप लिग २ मा नेपालले लगातार रेकर्ड बनाइरहेको छ। पछिल्लो समय घरेलु मैदानमा भएका सबै खेलमा जित निकालेको नेपालले युएईको मैदानमा पनि पपुवा न्युगिनीलाई हराएपछि नेपालले लगातार पाँच खेलमा जित निकालेको छ।

त्यसअघि लगातार दुई खेलमा मात्र जित निकालेको नेपालको अहिले फर्किएको जितको लय लोभलाग्दो तरिकाले अघि बढिरहेको छ। त्यतिमात्र होइन, नेपाली टिमका कप्तान रोहित पौडेलले लगातार पाँच पटक टस पनि जितेका छन्। उनले टस जितेसँगै हरेक पटक पहिले फिल्डिङ रोज्ने गरेका छन्।

आज पनि दुवईमा नेपालले टस जिते फिल्डिङ रोज्ने सम्भावना धेरै देखिन्छ। त्यसमाथि आज नेपाल र युएई हेड टू हेडमा बराबरीमा रहेको अवस्थामा प्रतिस्पर्धा गरिहेका छन्। नेपालभन्दा युएई एक अंकले मात्र अगाडि रहेको छ। र, दुवैले समान २९–२९ खेलमा सहभागीता जनाएका छन्। अब यी दुई टिमबीच को तेस्रो स्थानमा पुग्ने भन्ने होडबाजी नै छ।

तर तेस्रो स्थानमा पुग्नका लागि कुनै एक टिमले लगातार जितको लय भने कायम गर्नुपर्ने देखिन्छ। त्यसैले आज दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पौने १२ बजेबाट सुरु हुने यो खेलमा दुवै टिम जितको लक्ष्यका साथ मैदान उत्रने छन्।
नेपाल र यूएई अहिले तालिकाको पाँचौ र छैटौं स्थानमा रहेका छन्। नेपाल छैटौं स्थानमा छ। एक दिवसीय मान्यता जोगाउन पनि नेपाले तालिकाको पाँचौ स्थानमा पुग्नु पर्ने आईसीसीले नियम राखेको छ।

सो स्थान पाउन नसके प्ले अफ खेल्नुपर्ने हुन्छ। तर, अब लगातार जित निकालेपछि नेपालको लक्ष्य भने तेस्रो स्थानमा पुगेर सिधै विश्वकप छनोट खेल्ने बनिसकेको छ। अहिले नेपाली टिमको प्रशिक्षकमा मोन्टी देशाई आएपछि त झन् नेपाली टिमको आत्मविश्वस बढेको छ।

Metro Mart
worldlink

यसअघि मोन्टी यू १९ को प्रशिक्षक हुँदा नेपालले भारतलाई पनि हराएको थियो। यता आजको खेलका लागि नेपाल क्रिकेट संघ क्यानले बलर सन्दीप लामिछानेलाई अधैर्यताका साथ दुबई पठाएको छ।

बलात्का आरोपमा आरोपि रहेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लागाएको थियो। तर अहिले १५ दिनपछि हाँजिर हुनेगरी विदेश जान पाउने भएपछि आईसीसीको मान्यता लिएर क्यानले उनलाई विदेश पठाएको हो।
उनी दुबई जाने भएपछि युवा खेलाडी मौसम ढकाल भने बाहिरिएका छन्। क्यानले मौसमलाई चोट लागेको जानकारी दिएको छ। नेट अभ्यासको क्रममा उनको चोट लागेको क्यानको सूचनामा उल्लेख रहेको छ।

प्रकाशित: Mar 02, 2023| 09:47 बिहीबार, फागुन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।