बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ८ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

८ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।

पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।

प्रकाशित: Mar 01, 2023| 19:51 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...