बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश १ को नाम जुराउन प्रदेशसभा वरपर निषेधाज्ञा, कोसीबाट फर्कियो कांग्रेस

प्रदेश १ को नाम जुराउन प्रदेशसभा वरपर निषेधाज्ञा, कोसीबाट फर्कियो कांग्रेस

प्रदेशको नामकरण आजै गर्ने तयारी भएपछि प्रदेशसभा वरपरका क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शन निषेध गरिएको हो। 
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– प्रदेशसभाको दुई कार्यकालसम्म पनि आफ्नो नाम जुराउन अक्षम भएको आरोप लागिरहेको प्रदेश १ ले प्रदेशको नामकरण गर्ने तयारी थालेपछि मोरङ जिल्ला प्रशासनले प्रदेशसभा वरपरका निषेधाज्ञा जारी गरेको छ।
प्रदेश १ बाहेक अन्य ६ प्रदेशले आफ्नो प्रदेशको नाम जुराइसकेका छन्।

बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञासम्बन्धी सूचना जारी गर्दै प्रदेशको नामकरण आजै गर्ने तयारी भएपछि प्रदेशसभा वरपरका क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शन निषेध गरिएको बताएका हुन्। 

प्रदेश १ को प्रदेशसभा नामकरणप्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामकरणपछि पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ–संस्था) बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले बताए।

प्रजिअको आदेशमा भनिएको छ, ‘सुरक्षा जोखिमलाई लक्षित गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याइराख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति १७ फागुन दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यो आदेश उल्लंघन गरी उल्लिखित कार्य गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने बेहोरा जानकारी गराइन्छ।’

कांग्रेसले बदल्यो बोली

प्रदेश १ नाम कोसी हुनुपर्ने एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले पुनः प्रस्ताव फिर्ता लिएको छ। कोसी प्रदेशमा सहमत भएर एमालेको प्रस्तावमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशीले समर्थन गरेको उक्त प्रस्ताव पछि फिर्ता लिएको हो।

कांग्रेसले समर्थन फिर्ताको निवेदन कांग्रेस संसदीय दलको कार्यालय प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न प्रदेशसभामा अर्को प्रस्ताव दर्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गराएका हुन्। प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

प्रकाशित: Mar 01, 2023| 14:46 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...