काठमाडौं- राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ।
बैठक काठमाडौंको आलोकनगरस्थीत पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो।
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी कांग्रेससहित आठ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले आजको बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ।