बिहीबार, असार १२, २०८२

८८२ मतदातालाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको चिठ्ठी

२५ फागुनलाई तय गरिएको राष्ट्रपति निर्वाचनमा आकांक्षी पौडेलले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सांसदलाई मत दिन आग्रह गर्दै पत्र लेखेका हुन्।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदसमक्ष मत माग्दै पत्र पठाएका छन्।

२५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ८८२ मतदाता छन्। नेता पौडेलले संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको बताउँदै सबै मतदातालाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन्। 

यसअघि कांग्रेसले एमालेसहितका सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ। राष्ट्रपतिको निर्वाचनमा पौडेलसँग एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित: Mar 01, 2023| 13:49 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...